शनिबार, माघ ५, २०८१

राष्ट्रपति भण्डारीद्वारा भिडियो मार्फत चीनको नयाँ वर्षको शुभकामना सन्देश

नेपालखोज २०७६ माघ १० गते ८:३६

१० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाएकी छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भिडियोमार्फत शुभकामना सन्देश पठाएकी हुन् ।

Advertisement

राष्ट्रपतिले भिडियो मार्फत शुभकामना सन्देश पठाएको यो पहिलो पटक हो । नयाँ प्रविधिको प्रयोग गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ । यसको चिनियाँ भाषानुवाद नेपालस्थित चिनियाँ रेडियो इन्टरनेसनल (सीआरआई)का लागि नेपालबाट काम गर्ने वर्षा (झाङ यूइ)ले गरेकी छन् ।

राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत राष्ट्रपति सी चिनफिङलाई पठाइएको छ । जनवरी २५ देखि १५ दिनसम्म चीनले नयाँ वर्ष मनाउँदै आएको छ ।

प्रतिक्रिया