शुक्रबार, वैशाख १४, २०८१

मौसममा सामान्य बदली, तराईमा हुस्सु, काठमाडौंको तापक्रम घट्यो

नेपालखोज २०७६ माघ १० गते ९:०१

१० माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्युनचापिय प्रणालीका कारण देशका विभिन्न स्थानको मौसम बदली भएको छ । शुक्रबार आज तराईका अधिकासं र मध्य पुर्व र पश्चिम पहाडका केहि स्थानको मौसम बदली भएको महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमबीद् बिभूती पोखरेलले न्युनचापिय प्रणालीका कारण देशभर चिसो कायमै रहने बताइन् । तराईका भु–भागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको पोखेरलको भनाइ छ । पश्चिम र मध्य तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

शुक्रबार आज दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान २ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।

प्रतिक्रिया