सेवा सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा
नेपालखोज
२०७६ माघ १० गते ९:५५
१० माघ, काठमाण्डौ । सेवा सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् ।
विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय दिएर व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनु पर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको उनीहरुको आरोप छ ।
उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया