बिहीबार, वैशाख २०, २०८१

प्याज व्यापारीसँग घुस लिने प्रहरी निरिक्षक अख्तियारको नियन्त्रणमा

नेपालखोज २०७६ माघ १० गते ११:०६

१० माघ, काठमाडौँ । घुस लिन्या र दिन्या दुवै राष्ट्र शत्रु हुन् भन्ने पृथ्वीनारायण शाहको उक्तिलाई पौष २७ गते प्रकाशन गर्ने गरी सूचना विभागले परिपत्र गरेको थियो । धेरै जसो सञ्चार माध्यमहरुले त्यसलाई प्राथमिकतामा राखी प्रशारण पनि गरे ।

तर न त घुस खान रोकिएको छ न त कमिशन माग्न रोकिएको छ ? ठूलो ठूला योजना वा सामानहरु आयात गर्दा घुस नलिए त भन्सार नाकामा नै अड्किने गर्दछ । हुँदा हुँदा भारतबाट प्याज आयात गर्दा समेत घुस खाने परिस्थिति आएको देखियो ।

भारतबाट प्याज आयात गर्ने व्यापारीसँग घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका निरीक्षक अमृत थापासहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरी बल बीओपी मोरङका कार्यालय प्रमुख थापा र जवान शशितनारायण विश्वासले भारतबाट प्याज ल्याउने व्यापारीसित घूस लिने गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् ।

प्रतिक्रिया