सोमबार, फागुन ५, २०८१

यसरी गरिँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

नेपालखोज २०७६ फागुन २० गते ७:३६

काठमाडाैं । त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् ।

Advertisement

टोलीमा डा. पवनराज चालिसे, डा उत्तम शर्मा, डा. दिव्यसिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

प्रत्यारोपण पछि ५-६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए ।

डा. खड्गाका अनुसार तीनदेखि चार घण्टामा प्रत्यारोपण सकिनेछ । अन्य कुनै समस्या आएका तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा.डा. जगदीशप्रसाद अग्रवाल तयारी अवस्थामा रहने बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया