शुक्रबार, वैशाख १४, २०८१

शहिदहरुको बलिदानी कै कारण जनताको अधिकार सुनिश्चित भएको मेयर शाक्यको दावी

नेपालखोज २०७६ माघ १० गते ११:१४

१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको संयोजकतत्वमा यो वर्षको शहिद सप्ताह शुरु भएको छ । सप्ताहको पहिलो दिन आज शहीद शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको काठमाडौंको टेकु स्थिति खरिबोटमा शुक्रराज शास्त्रीको सालिकमा माल्र्यापण गर्दै सहित सप्ताह शुरु गरिएको छ ।

शहिद सप्ताह कार्यक्रमका संयोजक काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले टेकुमा आयोजित श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताका लािग शहिदहरुले बदिदानी स्वरुप प्रजातन्त्र हुँदै लोकतन्त्रसम्म प्राप्त गर्न सकेको बताए ।

उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि बलिदानी दिएका कारणनै आज स्वतन्त्रता र जनताको अधिकार सुनिश्चित भएको दावी समेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको सो श्रद्धाञ्जली सभाका कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन उत्सर्ग गरेका १९९७ सालमा वीरगति प्राप्त गर्ने शहिदहरुको पूर्णकदको सालिक बनाएर राखिनु पर्ने धारणा राखेकी थिइन् ।

प्रतिक्रिया