शुक्रबार, वैशाख ७, २०८१

साक्षरता कक्षा सञ्चालन गर्दै लहान नगरपालिका

नेपालखोज २०७६ माघ १० गते १२:२९

सिरहा । सिरहाको लहान नगरपालिकाले विसं २०७७ असार मसान्तभित्र नगरक्षेत्रलाई पूर्ण साक्षर बनाउन सबै वडामा साक्षरता कक्षा सञ्चालन गर्ने भएको छ ।
साक्षर नेपाल वर्ष घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले फागुन १ गतेदेखि वडामा साक्षर कक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।

साक्षर कक्षामा नगरक्षेत्र भित्र रहेका विद्यालयका शिक्षकलाई खटाइने योजना रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख राजकुमार साहले जानकारी दिए । निरक्षरलाई अक्षर वा लिपी चिन्न, लेखपढ गर्न र गणना गर्न सक्ने बनाउनु सो साक्षरता कक्षाको ध्येय रहेको जनाइएको छ ।

कक्षामा सञ्चालन गर्न लहान नगरपालिका प्रमुख मुनी साहको संयोजकत्वमा साक्षरता अभियान समिति गठन गरिएको छ ।

प्रतिक्रिया