शुक्रबार, वैशाख ७, २०८१

नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले सामूहिक राजीनामा दिदै

नेपालखोज २०७६ माघ १० गते १२:५६

काठमाडौँ । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले सामूहिक राजीनामा दिने चेतावनीसहितको पत्र बुझाएका छन् । बिहीबार असन्तुष्ट पाइलटहरुले ‘राजीनामा नोटिस’ लेखिएको चेतावनीपत्र व्यवस्थापनसमक्ष बुझाएका हुन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै बिहीबार उनीहरुले सामूहिक चेतावनीपत्र बुझाएका हुन् ।

उनीहरुले व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई काममा बढी लगाउने तर विदेशीलाई कम काम लगाउने र सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन् ।
२० पाइलटको हस्ताक्षर रहेको पत्रमा ३ महिनामा माग पूरा नभए राजीनामा दिने उल्लेख छ।

 

प्रतिक्रिया