शनिबार, वैशाख १५, २०८१

सभामुखका उम्मेदवार सापकोटालाई पक्राउको मागसहित अदालतमा रिट

नेपालखोज २०७६ माघ १० गते १३:१५

काठमाडौँ । सभामुखका लागि उम्मेदवारी दिएका अग्नि सापकोटालाई पक्राउ गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

शुक्रबार उनीविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले तत्काल पक्राउ गरी कारबाही प्रक्रिया सुरु गर्नु पर्ने मागसहित रिट दायर गरेका हुन् । रिटमा सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न–नगराउन, निर्वाचन प्रक्रिया तत्काल रोक्न, पक्राउ गरेर अनुसन्धान गर्नु पर्ने, लामो समयसम्म अभियोजन नगरिएकाले प्रहरी अधिकारीहरुलाई पनि कारबाही गरिनु पर्ने तथा अग्नि सापकोटामाथिको अनुसन्धान गर्न टाक्स फोर्स बनाउनु पर्ने माग गरिएको छ ।

यो मुद्दाको पेशी आइतबारका लागि तोकिएको छ । सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई तत्कालीन माओवादी कार्याकर्ताले अपहरण गरेर हत्या गरेका थिए ।

लामाको शव अपहरणको दुई महिनापछि गाडेको अवस्थामा फेला परेको थियो । घटनामा तत्कालीन माओवादीका नेताहरु सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता हरेको भन्दै लामाकी श्रीमती पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया