बिहीबार, माघ ३, २०८१

राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलले दिए राजिनामा

नेपालखोज २०७६ माघ १० गते १४:२८

काठमाण्डौ । सरकारको नीति तथा कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्।

Advertisement

द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्‍नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै उनले पदबाट राजीनामा दिएका हुन्।

मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।

प्रतिक्रिया