सोमबार, असार २३, २०८२

दीपक मनाङेमाथि अनुसन्धानकालागि २ दिनको म्याद थप

नेपालखोज २०७६ माघ १० गते १५:१८

कास्की ।  गण्डकी प्रदेशका सांसद दीपक मनाङेमाथि थप अनुसन्धान गर्न २ दिनको म्याद थपिएको छ । गुरुङलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट २ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा सांसद मनाङेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो । मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि विवाद चुलिएको छ ।

मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र गठीमा संलग्न रहेको भन्दै उनलाई झापड हानेको बताए । यता, ठगी मुद्दामा प्रहरीले मिलन गुरुङलाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया