मंगलबार, वैशाख १६, २०८२

८ लाख घुस लिँदै गर्दा गाउँपालिका अध्यक्ष पक्राउ

नेपालखोज २०७६ माघ १० गते १८:०९

जाजरकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर के.सी. ८ लाख घुससहित पक्राउ गरेको छ । उनलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार अनुसन्धान आयोग सुर्खेतका कर्मचारीले पक्राउ गरेका हुन् ।

प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका अध्यक्ष केसीलाई एक उपभोक्ता समितिको कामबाट ८ लाख घुस लिएको सूचना आधारमा पक्राउ गरिएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया