बिहीबार, वैशाख १३, २०८१

एक महिनापछि खुल्यो मार्तडी कोल्टी सडक

नेपालखोज २०७६ माघ ११ गते ८:४८

११ माघ, बाजुरा । हिउँले एक महिनादेखि अवरुद्ध रहेको बाजुराको मार्तडी कोल्टी सडकखण्ड संचालनमा आएको छ । बाजुराको मार्तडी कोल्टी सडकखण्ड बिगत एक महिनादेखि अवरुद्ध थियो ।

हिजो हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको वडाध्यक्ष धर्मराज पाध्यायले बताउनु भयो । अघिल्लो महिनादेखि परेको भारी हिमपात र वर्षाले मार्तडी कोल्टी सडकखण्ड अन्तर्गत पर्ने पोरखे लेख र आसपासको सडक अवरुद्ध भएको थियो ।

हिजोदेखि अवरुद्ध सडक खुला गरिएको वडाध्यक्ष पाध्यायले बताउनुभयो । बाजुरामा परेको लगातारको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका चार स्थानीय तहमा दैनिक उपभोग्य सामानको अभाव भएको थियो।

प्रतिक्रिया