पूर्वी टर्कीमा भूकम्प १४ जनाको मृत्यु, पाँच सय बढी घाइते
नेपालखोज
२०७६ माघ ११ गते ११:११
एजेन्सी । पूर्वी टर्कीमा आएको भूकम्पका कारण १४ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् । ६ दशमलव ८ म्याग्नीच्युट मापन गरिएको भूकम्पका कारण भग्नावशेषहरुमा अझै केही व्यक्ति च्यापिएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।
एलाजिग प्रान्तको सिभ्रिस शहरमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सयौ भवनहरुमा क्षति पुगेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको बताइएको छ । टर्कीको आपतकालीन व्यवस्थापन प्राधिकरणले राहत सामग्रीसहित उद्धारकर्मीहरु परिचालन गरिएको जनाएको छ ।
भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेकाले भत्किएका घरका भग्नावशेषमा नजान पीडितहरुलाई उद्धारकर्मीले आग्रह गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया