शुक्रबार, चैत ७, २०८१

उमेर हद कायम गर्न माग गर्दै नेविसंघको निर्णयविरुद्ध संघकै कार्यकर्ता आमरण अनशनमा

नेपालखोज २०७६ माघ ११ गते ११:५९

११ माघ, काठमाडौँ । नेपाल विद्यार्थी संघमा ३२ वर्ष माथिबाट केन्द्रीय कार्यसमिति बनाउन नेताहरुबीच सहमति भएपछि त्यस विरुद्ध संघकै कार्यकर्ता आमरण अनशनमा बस्ने भएका छन् ।

Advertisement

विधानअनुसार ३२ वर्ष उमेर हद कायम गर्न माग गर्दै रिले अनशन गरिरहेका विद्यार्थीको समूहबाट आमरण अनशन सुरु गर्ने बताइएको छ । पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीले शीर्ष नेताको निर्णयविरुद्ध सोमबारबाट आमरण अनशन बस्ने बताए ।

त्रिपाठीको नेतृत्वमा केन्द्रीय कार्यालय सानेपमा ३८ दिनदेखि रिले अनशन जारी छ। रिले अनशनको मागको ठीकविपरीत शीर्ष तहका नेताले हिजो सहमति गरेका हुन् ।

एक वर्षअघि विघटन गरिएको नैनसिंह महर नेतृत्वको स्थानमा ३२ वर्ष उमेर माथिबाट नयाँ कार्यसमिति ल्याउन लागिएको छ । यसअघि संघमा ३२ वर्ष उमेर हद कायम हुनुपर्ने माग गर्दै आएका संस्थापनइतरका नेताहरुसमेत ३२ वर्ष माथिबाट तदर्थ समिति बनाउन सहमत भएका छन्।

प्रतिक्रिया