शुक्रबार, वैशाख ७, २०८१

पश्चिमी भागमा आंशिक बदली, हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

नेपालखोज २०७६ माघ १२ गते ९:४९

१२ माघ, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । महाशाखाले पश्चिमी भूभागहरुका केही स्थानहरूमा आंशिक बदली रहेको भए पनि बाँकी भूभागको मौसम आज सामान्यतया सफा रहेको जनाएको छ ।

आज दिउँसो देशको मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही पश्चिमी पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका भू–भागहरुमा भने हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको छ । आज पूर्वी उच्च पहाडी तथा हिमाली भु–भागका १–२ स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

आज राति देशको मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानाुमान गरेको छ । आज बिहान काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया