सोमबार, वैशाख ३१, २०८१

चीनमा कोरोना भाइरसको महामारीका कारण ७० हजार बढी फिल्महल बन्द

नेपालखोज २०७६ माघ १२ गते १३:५५

एजेन्सी । कोरोनो भाइरसका कारण चीनले ७० हजार बढी फिल्म हल बन्द गराएको छ । चीनका वान्डा, सिजिभी, बोना, लुमाइरे प्याभिलियन्स, जिन्यी लगायतका विभिन्न सहरका हलहरू बन्द गरिएको हो ।

कोरोना भाइरसको प्रभावका कारण अल्पकालिन समयका लागि उक्त थिएटरहरू बन्द गरिएको समाचारहरूमा उल्लेख छ । चीनको मुख्य फिल्म स्टुडियोले गत बिहीबार नै वर्षकै प्रतिक्षीत फिल्म प्रदर्शनमा रोक लगाइसकेको छ ।

फिल्म व्यवसायमा वर्षकै प्रतिक्षित र उर्वर समय चिनियाँ नव वर्षको अवधिमा चीनले ७० हजार बढी फिल्म हल बन्द गरेको हो । हालसम्म यस भाइरसका कारण चीनमा मात्र ५६ जनाको मृत्यु भइसकेको छ भने संसारभर कोरोना भाइरस संक्रमित ८ सय बढी भेटिएको छ ।

यसको प्रभावबाट चिनियाँ नयाँ वर्षमा प्रदर्शनको तयारीमा रहेका ठूलो बजेटमा तयार फिल्म प्रदर्शनबाट चुकेका छन् ।

प्रतिक्रिया