मंगलबार, वैशाख १६, २०८२

गोलीसहित पक्राउ

नेपालखोज २०७६ माघ १२ गते १९:३५

पोखरा । पोखरा विमानस्थलबाट राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ । यति एयरलाइन्सबाट काठमाडौँ जान लागेको पोखरा– २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई आइतबार गोलीसहित प्रहरीले पक्राउ गरिएको हो ।

शाहीले बोकेको झोला एक्स–रे मेसिनले जाँच गर्ने क्रममा २२ विओआर राइफलमा प्रयोग हुने गोली भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार गोलीसहित निजलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया