बिहीबार, चैत ६, २०८१

आज सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गर्नुहोस । यस्तो छ तपाईको आज भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ माघ १३ गते ६:१४

सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

Advertisement

आज १३ माघ २०७६ सोमवार को राशिफल

मेष
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।

मिथुन
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलो होला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

तुला
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

धनु
सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिकाे विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

बृष
मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

कर्कट
सामान हराउने वा चोरी हुने भयछ । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

बृश्चिक
आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोवारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मकर
इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

मीन
कसैसित कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया