बिहीबार, वैशाख १३, २०८१

सुदूरपश्चिम औद्योगिक व्यापार मेला हुँदै

नेपालखोज २०७६ माघ १३ गते ७:०२

१३ माघ, काठमाडाैं । आगामी फागुन पहिलो सातादेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भीमदत्त नगरपालिकाको संयुक्त सहकार्य फागुन ७ देखि १७ गतेसम्म पर्यटन महोत्सव हुन लागेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले जानकारी दिए । सङ्घका अध्यक्ष मल्लको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

लगानी अवसरको सिर्जना गर्ने, सहकारी, वित्तीय क्षेत्र तथा बैंकिङ क्षेत्रका सेवा र सुविधाको प्रदर्शनी, कृषि पेशालाई व्यावसायिकरुपमा उन्मुख गराउन सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको सङ्घले जनाएको छ । महोत्सवमा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, गार्मेन्ट उत्पादन, कृषि प्रदर्शनी वैकल्पिक ऊर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरीय दैनिक उपभोग्य वस्तु तथा सांस्कृतिक कार्यक्रम आकर्षणका रुपमा रहने छन् ।

सङ्घले महोत्सवका लागि स्वागत तथा सत्कार, सुरक्षा व्यवस्थापन, प्रदर्शनीकक्ष छनौट र प्रायोजक समिति, सचिवालय एवं प्रचारप्रसार, सांस्कृतिक तथा बाल उद्यान समिति आर्थिक तथा महिला उद्यम समिति गठन गरेको छ ।

प्रतिक्रिया