बिहीबार, वैशाख २०, २०८१

बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु

नेपालखोज २०८० असार २२ गते १३:२९

पाकिस्तान । पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ ।

क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ ।

एक जना बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एक जनाको खोजी भइरहेको छ । दुर्घटनाका बेला १० जना बालबालिका क्रिकेट खेलिरहेका बताइएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को खसेको हो ।

यसैबीच, गत मे महिनामा सिन्धको सङ्घार जिल्लाको अचरो थार क्षेत्रको एउटा घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा एकै परिवारका दाजुभाइको ज्यान गएको थियोभने बाबु घाइते भएका थिए ।

त्यसअघि मार्चमा तल्लो कोहिस्तानको पट्टन क्षेत्रको घरमा आगलागी हुँदा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० सदस्यको मृत्यु भएको थियो ।

प्रतिक्रिया