बिहीबार, चैत १५, २०८०

गायिका आस्था राउतले गरिन् प्रहरीसमक्ष आत्मसमर्पण

नेपालखोज २०७६ माघ १३ गते १०:१७

१३ माघ, काठमाडौं । महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप खेपिरहेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छिन् ।

उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी प्रहरीले बताएकाे छ ।

गायिका राउतलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीले वीर अस्पतालमा लगेको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो र परिवारको समन्वयमा उनलाई साेमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।

प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन्। उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।

प्रतिक्रिया