सडक अवरुद्ध हुँदा यात्रु अलपत्र
नेपालखोज
२०७६ माघ १३ गते १२:२६
१३ माघ, पाल्पा । सिद्धबाबामा भारतीय नंको ट्याङ्कर तेर्सिंदा सडक अवरुद्ध बनेको छ ।
एचआर ५८ ए ८९१० भारतीय नंको ट्याङ्कर फर्काउने क्रममा बिग्रिएकाले सोमबार बिहान ७ बजेदेखि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रु बीच बाटोमै अलपत्र छन् ।
प्रहरीका अनुसार ट्याङ्कर फर्काउने क्रममा पार्किङमा राखिएका भ्यान र स्कुटीलाई ठक्कर दिएको थियो । ठक्करबाट लु१ज ३२१५ नं.को भ्यान र लु४६च ३२३६ नं स्कुटीमा क्षति पुगेको प्रहरीको दाबी छ ।
सम्बन्धित
प्रतिक्रिया