आइतबार, जेठ ६, २०८१

अञ्जु पन्तले दोस्रो पटक विवाह गर्दै

नेपालखोज २०७७ माघ २० गते १३:३५


काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त दोस्रो विवाह बन्धनमा बाँधिन लागेकी छिन् ।

उनले पहिले संगीतकार मनोजराजसँग सम्बन्ध बिच्छेद गरेकी थिइन् । डिभोर्स भएको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी विश्वस्त सूत्रबाट बुझिएको छ ।

पन्तले कोइराला थर भएका एक युवासंग विवाहको तयारी गरिरहेको बुझिएको छ । ेछोरी परितोशिकाले विवाह गर्न आग्रह गरेकोले यसो गर्न लागेकी हुन् ।

नयाँ जीवनसाथीसँग उनको सम्बन्ध मजबुत हुन सक्ला या नसक्ला त्यो भने विवाहपछि थाहा हुनेछ ।

प्रतिक्रिया