बिहीबार, चैत १५, २०८०

काठमाडौँका यी स्थानमा आज ९ घण्टासम्म बत्ती नआउने

नेपालखोज २०७६ माघ १३ गते १४:४७

काठमाडौँ  । काठमाडौँका केही स्थानमा आज ९ घण्टासम्म बत्ती नआउने भएको छ । विद्युत प्राधिकरणले विद्युत अभावमा लोडसेडिङ गर्न लागेको भएर बत्ती जान लागेको नभई चक्रपथ विस्तारको कामले बत्ती जान लागेको हो ।

चक्रपथ विस्तार कार्यको लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने हुँदा महाराजगजं वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइनबाट दिउँसो ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

यस बारे सूचना मार्फत प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका अनुसार धापासी फिडर अन्तर्गत पर्ने वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरु बत्ती जाने छ ।

प्रतिक्रिया