शनिबार, वैशाख १३, २०८२

विश्व चर्चित वास्केटवल खेलाडी ब्रायन्टको निधन

नेपालखोज २०७६ माघ १३ गते १२:१३

एजेन्सी । हेलिकप्टर दुर्घटनामा परी विश्व कै चर्चित बास्केटबलका खेलाडी कोवी ब्रायन्टको निधन भएको छ । क्यालिफोर्नियाको कालबाबासास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ब्रायन्टसहित ९ जनाको निधन भएको हो । हेलिकप्टर दुर्घटनामा ब्रायन्टकी छोरी जियानाको पनि मृत्यु भएको छ ।

ब्रायन्ट छोरीसहित निजी हेलिकप्टरमा दुर्घटनामा परेको हो । हेलिकप्टरमा रहेका कोही पनि जीवित रहेनन् । ब्रायन्ट पाँचपटकका एनबिए च्याम्पियन हुन् । उनलाई बास्केटबलको इतिहासमा सर्वोत्कृष्ट खेलाडीका रुपमा लिइन्छ ।
बीसवटा सीजनसम्म लस एन्जलस लेकर्सका प्रमुख खेलाडी रहेका कोबी पाँच पटक एनबीए च्याम्पीअन र दुई पटक ओलिम्पिक स्वर्ण पदक विजेता बने।

सन् २०१६ मा खेलबाट सन्न्यास लिएपछि उनले बालबालिकाका लागि पुस्तक लेखेका थिए। उनले अस्कर पनि जितेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा भूतपूर्व राष्ट्रपति बराक ओबामाले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रतिक्रिया