शुक्रबार, वैशाख १४, २०८१

अमेरिकी राजदूतावासमा रकेट प्रहार

नेपालखोज २०७६ माघ १३ गते १४:५१

माघ  । इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीनवटा रकेट प्रहार भएका छन्।एउटा रकेट त्यहाँको खाना खाने स्थलमा र अन्य दुईवटा केही टाढा खसेको समाचारसंस्था एएफपीलाई एउटा सूत्रले बताएको छ।

अर्को समाचारसंस्था रोएटर्सलाई सुरक्षास्रोतले जनाएअनुसार आक्रमणमा परी कम्तीमा तीन व्यक्ति घाइते भएका छन्। दूतावासका कर्मचारी घाइते भएको यो पहिलो आक्रमण हुन सक्ने बताइएको छ।  कुनै समूहले आक्रमणको जिम्मेवारी लिइसकेको छैन। तर अमेरिकाले विगतमा इराकस्थित इरानबाट समर्थनप्राप्त सैन्य समूहहरूमाथि आरोप लगाउने गरेको थियो।

अमेरिकी विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा इरान समर्थित सशस्त्र समूहबाट खतरा भएको उल्लेख गरेको छ। तर विज्ञप्तिमा हताहत भएका व्यक्तिबारे कुनै जानकारी दिइएको छैन। इराकी प्रधानमन्त्रीले रकेट हमलाको निन्दा गरेका छन्। अदेल अब्दुल महदीले यस्ता घटनाहरूको निरन्तरताले इराकलाई लडाइँको मैदान बनाउन सक्ने बताए। एजेन्सी

प्रतिक्रिया