सोमबार, साउन ७, २०८१

सभामुख सापकोटाले गरे नेकपाबाट अलग भएको घोषण

नेपालखोज २०७६ माघ १३ गते १८:२६

काठमाडौँ । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् ।

उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरे । “नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु”, सभामुखद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु ।”

नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । उनले आजै पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरे ।

प्रतिक्रिया