बिहीबार, वैशाख १३, २०८१

ए डिभिजन लिगमा आज दुई खेल हुँदै, पहिलो खेलमा हिमालयन शेर्पा र सरस्वती भिड्ने

नेपालखोज २०७६ माघ १४ गते ९:२४

१४ माघ, काठमाण्डौ । सहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज मङ्गलबार दुई वटा खेल हुँदैछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब खेल्दै छन् ।

दुवै खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । बिहान साढे ११ बजे हुने पहिलो खेलमा हिमालयन र सरस्वती खेल्दै छन् । अहिलेसम्म एउटा खेलमा पनि जित हात पार्न नसकेको सरस्वती क्लब लिगको पुछारमा छ ।

दिउँसो तीन बजे हुने खेलमा उपाधिको दाबेदार आर्मीले जावलाखेलसँग खेल्दैछ । आर्मी शीर्ष स्थानको मच्छिन्द्रभन्दा दुई अङ्कले पछि छ । जावलाखेललाई हराएमा आर्मीले लिगमा अग्रता लिनुका साथै उपाधि होड पनि प्रतिस्पर्धात्मक बन्नेछ ।

आठ खेल सकिँदा आर्मीले पाँचमा जित, दुई बराबरी र एक हारको नतिजा निकाल्दै १७ अङ्क बनाएको छ । जावलाखेल भने आर्मीलाई हराएर शीर्ष ६ मा पुग्ने लक्ष्यमा छ । आठ खेलबाट १२ अङ्क बनाएको जावलाखेलले यो खेलमा जित हात पारेको खण्डमा चौथो स्थानमा उक्लिनेछ । जावलाखेलले थ्री स्टारलाई पछि धकेल्नेछ ।

प्रतिक्रिया