बिहीबार, वैशाख १३, २०८१

नवनिर्वाचित सभामुख सापकोटाविरुद्ध परेको मुद्दामा आज पनि बहस हुँदै

नेपालखोज २०७६ माघ १४ गते १०:५८

१४ माघ, काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको मुद्दामा आज पनि बहस हुँदैछ । आज मंगलबारको पेसी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

यसअघि पहिलो दिन न्यायाधीश हरि फुयाँलको इजलासमा यो मुद्दा परेको थियो । फुयाँलले हेर्न नमिल्ने भन्दै मुद्दा पन्छाएपछि सोमबार न्यायाधीश मल्लको इजलासमा मुद्दा परेको थियो ।

सभामुख सापकोटामाथि लागेको अभियोगबारे सर्वोच्चमा सोमबार हिजोबाट बहस सुरु भएको छ । पहिलो दिन निवेदकको तर्फ त्रिपाठी, सुनील पोखरेल, बाबुराम गिरी, अनन्त लुइँटेल र राजु चापागाईँले बहस गरेका छन् ।

अग्नि सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णय गरे लगत्तै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले व्यक्ति हत्यामा संलग्नलाई सभामुख बनाउन लागिएको भन्दै रिट दायर गरेका थिए । मुद्दाको पेसी तोकिएको तेस्रो दिन पुनः यो मुद्दा न्यायाधीश सपना प्रधान मल्लकै इजलासमा परेको हो ।

प्रतिक्रिया