शुक्रबार, वैशाख १२, २०८२

हुम्लामा यस बर्षकोे आठौँ हिमपात, हवाई सेवा पनि अवरुद्ध

नेपालखोज २०७६ माघ १४ गते ११:२३

१४ माघ, हुम्ला । हिमाली जिल्ला हुम्लामा मंगलबार आज बिहानैदेखि फेरि हिमपात सुरु भएको छ । सोमबार रातभरि बादल लागेको भए पनि मंगलबार आज बिहानबाट हिउँ पर्न सुरु भएको हो ।

बिहानदेखि सुरु भएको हिउँ जमिनमा ६ इन्ची जमेको स्थानीय नन्दकुमार सिंहले बताए । अझै हिउँ पर्ने क्रम जारी छ । हिउँसँगै बाक्लो कुहिरो लागेको कारण बाहिर अध्यारो देखिएको उनले बताए ।

तापक्रम माईनस हुँदा चिसो पनि निक्कै बढेको कारण मानिसहरु घर बाहिर निक्सन कठिन छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ । हुम्ला जिल्लामा यस बर्षको यो आठौँ हिमपात हो । पहिलो हिमपात गत मंसिर १२ गते भएको थियो ।

प्रतिक्रिया