बिहीबार, चैत १५, २०८०

कानुनको कार्यान्वयनमा चुक्दैन, आग्रह, पूर्वाग्रहपूर्ण बहसमा सरकार झुक्दैन : प्रधानमन्त्री ओली

नेपालखोज २०७६ माघ १४ गते १९:०८

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काननु कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहनुको साथै आग्रह र पूर्वाग्रहपूर्ण बहसमा सरकार नझुक्ने बताएका छन् ।

नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च प्रतिनिधिसंस्था संसदको प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सफल कार्याकालयको हार्दिक बधाई र शुभकामना दिएका हुन् । उनले संसदले पुरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा काँधमा आएको भन्दै सो अभिभारामा सफलता मिलोस् भन्ने कामना गरे । उनले कानुन र नियम संगत ढंगले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले सभा संञ्चालनमा पुर्ण सहयोग रहने पनि प्रतिवद्धता जनाए ।

सर्वसम्मति सभामुख चयन हुने वातावरण निर्माण हुनु सकारात्मक संकेत भएको भन्दै उनले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने तथा समाजको पनि मेलमिलापयुक्त चरित्र बोकेकाले संघर्षका उपलब्धिको टुंगो पनि मेलमिलापयुक्त ढंगबाटै गर्नुपर्ने उल्लेख गरे ।

उनले भने “जनताको सार्वभौम सत्तालाई संविधान कार्यान्वयन मार्फत व्यवहारिक रुपले बाटो तय गर्दे अघि बढ्ने काम भईसकेको छ । शुसासन र विकासका प्रश्नहरुमा आफ्ना सम्पुर्ण विचार र प्रयासलाई केन्द्रीत गरेर अगाडि बढ्न जरुरी छ । हामीले रोजेको प्रणाली हो बहुदलिय प्रणाली । हामीले रोजेको, छानेको, स्वीकारेको प्रणाली हो । यसमा स्वभाविक रुपमा केही मतभेद हुन सक्छ तर केही आधारभूत कुरामा स्वच्छ प्रतिष्पर्धाबाट अगाडि बढ्न सक्छौ । ”

दलहरुबीचको एकता नभएको समयमा विभिन्न प्रतिगामी कदमहरु हुने गरेको विगतका घटना स्मरण गर्दै उनले एकबद्ध भएर मुलुकको एजेण्डा र विकासलाई शुसासन तर्फ केन्द्रीत गर्नुपर्ने जरुरी रहेको बताए । कानुनको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको भन्दै आग्रह,पुर्वाग्रह र अनावश्यक बहसमा अल्झन नहुने टिप्पणी गरे । विज्ञान, प्रविधि र कनेन्टीभिटीको दृष्टिमा दुनिया तिब्र गतिमा अगाडि बढेको त्यो गतिलाई समाउन नसक्ने हो भने समय खेर जाने भन्दै उनले विकासको गतिलाई समाउन सक्ने गरि अघि बढ्न सबैलाई आव्हान गरे । उनले केही दिनपछि आफुले आजको आवश्यकता र समसामयिक विषय बारे नेपाल सरकारको दृष्टिकोण राख्ने पनि जानकारी गराए ।

उनले भ्रमण बर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपुर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताए ।

उनले भने “नया बर्ष २०२० लाई हामीले नेपाल भ्रमण बर्षको रुपमा अगाडि सारेका छौ । यसमा अलिकतिसुरु मै हामीलाई केही धक्काका संकेतहरु प्राकृतिक दृष्टिले देखा परेका छन् । जसलाई हामीले सावधानी पुर्वक सामना गर्नुपर्ने छ । सरकार त्यसको तयारीमा सरकार लागेको छ । ”

प्रतिक्रिया