शनिबार, वैशाख १३, २०८२

ए डिभिजन लिग फुटबलमा आज मनाङ र संकटा बिच प्रतिस्प्रर्धा हुँदै

नेपालखोज २०७६ माघ १५ गते ८:३४

१५ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार आज मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

मनाङ र संकटा गत सिजनका विजेता र उपविजेता टोली हुन् । यी दुई टोलीबीचको खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा बलियो बन्ने दाउमा देखिएको छ । लिगमा ८ खेल खेलेको संकटाको १२ अंक रहेको छ । ३ जित निकालेको संकटा आठौं स्थानमा छ । मनाङलाई पराजित गरेको खण्डमा संकटा पाँचौं स्थानमा उक्लने छ ।

प्रतिक्रिया