काठमाण्डौँका विभिन्न ठाउँमा आज दिनभरि नै बत्ती जाने
नेपालखोज
२०७६ माघ १५ गते ८:४२
१५ माघ, काठमाण्डौँ । काठमाण्डौका विभिन्न ठाउँमा आज बुधबार दिनभरि नै बत्ती जाने भएको छ । चक्रपथ विस्तारको लागि रुख कटानको काम भैरहेकोले आज बुधबार बिहान साढे ७ बजेदेखि दिउँसो ५ बजेसम्म महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ फिडरबाट वितरित लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
फिडरअन्तर्गत बसुन्धारा, श्रीटोल लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । निर्धाति समयअघि काम सम्पन्न भए समयअघि नै विद्युत अवरोध हटाइने प्राधिकरणले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया