बुधबार, वैशाख १२, २०८१

नेविसंघकी पूर्वविद्यार्थी नेतृको अष्ट्रियामा मृत्यु

नेपालखोज २०७६ माघ १५ गते ९:११

१५ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघकी पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा मृत्यु भएको छ । त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष थिइन् । नेविसंघका तर्फबाट निर्वाचित नेतृको क्यान्सरका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०३२ सालमा पाल्पाको रामपुरमा जन्मिएकी अधिकारी पाँच दाजुभाइ र ३ दिदीबहिनीमध्येकी एक हुन् । काठमाडौंको स्वयम्भूमा घर भइ हाल अष्ट्रियामा उनी परिवारसहित बस्दै आएकी थिइन् । श्रीमान् र दुई छोरा अनुपम र आयुष रहेका छन् ।

श्रीमान् र दुई छोरा हाल अष्ट्रियामै छन् । अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी छ । स्ववियूमा रहेका बेला पार्वती एक इमान्दर विद्यार्थी नेतृ भएको त्यसबेलाका स्ववियू सचिव योगराज कँडेलले स्मरण गर्छन् । उनी एक इमान्दार र क्षमतावान त थिइन् नै त्यतिमात्रै नभएर आफ्नो जिम्मेवारी टुंगोमा पु¥याएरै छाड्ने स्वभाव उनको रहेको कँडेल स्मरण गर्छन् ।

प्रतिक्रिया