रौतहटमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, एक जना घाइते
नेपालखोज
२०७६ माघ १५ गते १०:१६
१५ माघ, रौतहट । रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । मंगलबार राति इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल भारत सीमासँग जोडिएको बकैया नदिको बाँधमा भारतीय अपराधी र प्रहरीबिच गोली हानाहान भएको रौतहट प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायतका वडा नं ४ का शेख चाँद अली घाइते भएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ । प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया