सोमबार, असार ३२, २०८१

नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्न प्रस्ताव

नेपालखोज २०७६ माघ १५ गते १८:५६

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत भएको छ ।

बुधबारदेखि काठमाडौंको राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ ।

राष्ट्रिय महाधिवेशनअघि ०७७ भदौ देखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकमा राष्ट्रिय महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएका थिए।

स्थायी समितिमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैतभित्र उल्लेख थियो। सोही प्रतिवेदनलाई परिमार्जित गरी दुवै अध्यक्षको तर्फबाट दाहालले केन्द्रीय समितिमा उक्त मितिसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन्।

प्रतिक्रिया