ए डिभिजन लिगको नवौं चरणको अन्तिम दिन आज दुई खेल हुँदै, पहिलोमा च्यासल र फ्रेन्ड्स भिड्दै
नेपालखोज
२०७६ माघ १६ गते १०:२१
१६ माघ, काठमाडौं । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज बिहिबार दुई खेल हुदैछ । लिगको नवौं चरणको अन्तिम दिन च्यासल र फ्रेन्ड्स तथा ब्रिगेड ब्वाईज र एनआरटी आपनेसामने हुने भएका छन् ।
ललितपुर डर्बीको फ्रेन्ड्स र च्यासल बिचको खेल मध्यान्न १२ बजे हुनेछ । च्यासल ९ अंकसहित तालिकाको नवौं स्थानमा छ । भने फ्रेन्ड्स ८ अंक सहित ११ औं स्थानमा छ ।
दोस्रो खेलमा ब्रिगेड ब्वाईज र एनआरटी बिच दिउँसो ३ बजे प्रतिस्प्रर्धा हुँदैछ । ब्रिगेड ८ अंक सहित दशौं स्थानमा छ भने एनआरटी १२ अंक सहित छैटौं स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया