शनिबार, जेठ ५, २०८१

राजीव ढुङ्गानाको नेतृत्वमा नेविसंघ तदर्थ समिति गठन

नेपालखोज २०७६ माघ १६ गते १३:१४

काठमाडौं । नेपाली कांगे्रसको भातृ संगठनका रुपमा रहेको नेपाल विद्यार्थी संघको तसर्थ समिति गठन भएको छ । पाटी सभापति शेरबहादुर देउवाले राजीव ढुङ्गानाको नेतृत्वमा नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिको गठन गरेका हुन् ।

गठन गरिएको तदर्थ समितिलाई ६ महिनाभित्र १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ । समितिमा मनोज बैद्य र महेश्वरी कुँवरलाई महामन्त्रीको जिम्मेवारी दिइएको छ ।

तसर्थ समितिमा जिम्मेवारी पाएका ढुङ्गाना अघिल्लो महाधिवेशमा अध्यक्षका रुपमा उम्मेदवारी दिएका थिए तर उनलाई नैनसिंह महरले हराएका थिए ।

एकवर्ष लामो समय नेतृत्व विहिन अवस्थामा रहेको नेविसंघको तदर्थ समितिले १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्न पाउनेछ । भने तदर्थ कार्यसमितिमा रहेका व्यक्तिहरु आगामी महाधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् ।

प्रतिक्रिया