शनिबार, जेठ ५, २०८१

हिमाली भेगमा हिमपात, तराईमा हुस्सु

नेपालखोज २०८० पुष २५ गते ६:४०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने छ । महाशाखाका अनुसार आज राति कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांस जिल्लामा आज पनि विहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ विभागले जनाएको छ । 

प्रतिक्रिया