शनिबार, जेठ ५, २०८१

बीस करोड ४१ लाखको लागतमा सूर्यविनायक नगरपालिकाको अत्याधुनिक भवन निर्माण हुने

नेपालखोज २०७६ माघ १६ गते १५:५३

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नै अत्याधुनिक सेवाग्राहीमैत्री प्रशासनिक भवन निर्माण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ स्थित कटुन्जेमा ६ रोपनी ११ आना जग्गा क्षेत्रफलमा अत्याधुनिक भवन निर्माण हुन लागेको हो ।

निर्माणाधिन भवनको आज शिलान्यास गर्दै नगरपालिकाका प्रमुख बासुदेव थापाले नयाँ निर्माण हुन लागेको नगरपालिकाको भवनले चर्चेको क्षेत्रफल ८ हजार ८१० वर्गफिटमा फैलिएको हुने बताए । उनले साढे ४ तल्लाको संरचनामा निर्माण हुने उक्त भवन परिसरमा १०० वटा गाडी पार्किङ क्षमताकोे अण्डरग्राउण्ड २ तलामा पार्किङ सेवाको व्यवस्था हुने बताए । थापाले भने,‘नयाँ निर्माण हुने नगरपालिकाको भवन पूर्णसेवाग्राहीमैत्री, अपाङ्गमैत्री, शिशुस्तनपान क्षेत्र, २ वटा लिफ्को व्यवस्थासहित २१० जना क्षमता भएको सभाहल, ८० जनाको क्षमता भएको बैठक कक्ष र ४८ वटा कोठाहरु हुनेछ’।

उक्त भवन आगामी २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याली बाबुरत्न निर्माण सेवासँग कूल २० करोड ४१ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको नगरप्रमुख थापाले बताए ।

थापाले भने, ‘हामी निर्वाचित भएर आएपछि नगरपालिकाको कार्यालय सञ्चालन गर्न विभिन्न ठाउँहरुमा चाहर्नुपर्ने बाध्यकारी अवस्थाको अन्त्यका लागि पनि आफ्नै भवन निर्माण गर्नु अपरिहार्य थियो । यसलाई मुहर्त रुप दिने कार्यको आज शुभारम्भ भएको छ ।’

थापाले अबको दुई बर्षभित्र नगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरु भाडा तिरेर बस्नु पर्ने अवस्थाको अन्त्य गरिने बताए । हाल नगरपालिकाको ३, ६ र ९ नम्बरको आफ्नै भवन निर्माण कार्य अगाडि बढिरहेको समेत नगरप्रमुख थापाले बताए ।

प्रतिक्रिया