बिहीबार, जेठ ३, २०८१

जम्मु–कस्मिरमा भीडन्त हुँदा तीन जनाको मृत्यु, एक जना प्रहरी घाइते

नेपालखोज २०७६ माघ १७ गते ११:२८

एजेन्सी । भारत प्रशासित जम्मु–कस्मिरमा शुक्रबार आज बिहानै भीडन्त भएको छ । भीडन्तमा तीन जनाको मृत्यु भएको छ । जम्मु–कस्मिर प्रहरीका अनुसार बिहान पाँच बजेतिर जम्मु–कस्मिर राजमार्गस्थित नाग्रोताको एक टोल प्लाजामा जाँचका क्रममा भीडन्त भएको हो ।

प्रहरीले जाँचका क्रममा श्रीनगर जान लागेको एउटा ट्रकलाई रोक्दाभित्र रहेका आतंककारीले गोली चलाएको दाबी गरेको छ । गोली लागेर एक जना प्रहरी घाइते भएको र ट्रकभित्रका तीन जना मारिएको बताइएको छ ।

मारिएकाहरू कुन समूहका सदस्य हुन् भन्ने खुलाइएको छैन् । प्रहरीले घटनास्थललाई घेरा हालेको छ । पछिल्लो समय जम्मु–कस्मिरको राज्यको मान्यता खोसेर केन्द्र शासित क्षेत्र बनाइएको छ । त्यसको विरोधमा प्रदर्शन हुन सक्ने ठानेर जम्मु कस्मिरमा सञ्चारका साधनमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया