शुक्रबार, वैशाख २१, २०८१

इन्टरनेट सेवा अवरुद्ध

नेपालखोज २०७६ माघ १७ गते २०:३८

हुम्ला । हुम्ला जिल्ला एडिएसलाइन नहुँदा इन्टरनेट विहीन भएको छ । हुम्ला जिल्लामा करीब एक महिनादेखि एडिएसलको इन्टरनेट जाँदा यहाँका सरकारी कार्यालय, राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्था र बैंकहरुमा समस्या आएको स्थानीयवासी बताउँछन् ।

हुम्लामा सञ्चालित एक मात्र सेवा वल्र्डलिङ्क कम्युनिकेसन जडान भएका कार्यालय गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालय, जडान गरिएका बैंकमा मात्र कामकाज सहज भएको बताइएको छ ।

शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाद्वारा शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको निष्पक्ष छानबिन गरी दोषि देखिए कारवाही गर्नुपर्ने माग गरे ।
उनले भने, “यही माघ २२ गतेसम्ममा आयोगका उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको छानबिन गरी कारवाही नभए म आमरण अनशन बस्ने घोषणा गर्दछु ।”

आयोगका उपाध्यक्ष डा गिरीलाई उन्मुक्ति दिलाउनका लागि विभिन्न प्रपञ्च रचिएको र बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाँईलाई कानूनी डण्डा देखाएर तर्साउन खोजिएको भन्दै थापाले आपत्ति जनाए । थापाले मेडिकल कलेजलाई सम्बन्धन दिन २० (बीस करोड) घुस मागेको आरोप लाग्दै आएको जानकारीसमेत दिए ।

प्रतिक्रिया