घुस लिएको अभियोगमा अख्तियारले विशेष अदालतमा ग¥यो आरोपपत्र दायर
नेपालखोज
२०७६ माघ १७ गते २१:३०
नवलपरासी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का खरिदार नेत्रबहादुर चौधरीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मोही जग्गा बाँडफाँट गरिदिने प्रयोजनका लागि विभिन्न बहाना बनाई निजले सेवाग्राहीसँग रु ४० हजार घुस लिएको आयोगले आरोप लगाएको छ । सेवाग्राहीसँग पटकपटक घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले निजलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया