घुस लिदैगर्दा पक्राउ परेका ट्राफिक प्रहरी विरुद्ध मुद्धा दायर
नेपालखोज
२०७६ माघ १७ गते २१:३६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटरसाइकल चालकसँग रु दुई हजार घुस लिएको अवस्थामा पक्राउ परेका महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोगबहादुर खड्काविरुद्ध (शुक्रबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
खड्काले ड्युटीमा खटिएका बेला कुनै पनि गल्ती नगरेको अवस्थामा सेवाग्राहीसँग सवारी चालक अनुमतिपत्र मागी कुनै चिट नदिई मिलाउनुस् भनी घुस लिएको आयोगले आरोप लगाएको छ ।
सम्बन्धित
प्रतिक्रिया