शुक्रबार, वैशाख १२, २०८२

बसले ठक्कर दिँदा ४० बर्षिया स्कुटर चालकको घटनास्थलमा नै मृत्यु

नेपालखोज २०७६ माघ १७ गते २१:४९

काठमाडौं । काठमाडौंको बालाजुस्थित रानीवनमा बसले ठक्कर दिँदा स्कुटर चालकको निधन भएको छ ।

कान्तिपुर यातायातको बा.१ ख. ६६४५ नम्वरको बसले बा.८५ प १४९३ नम्वरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । निधन हुनेमा धादिङको दार्खा घर भएकी ४० बर्षिया लिलाकुमारी घले रहेकी छिन् ।

दुर्घटनामा परेर लिलाकी छोरी २५ बर्षिया सर्मिला घले घाईते भएकी छिन् । उनको मनमोहन अस्पतालमा उपचार भईरहेको छ ।

कान्तिपुर यातायातको सो बस फ्लोरिसेण्ट स्कुलको विद्यार्थि बोक्न प्रयोग गरिएको खुलेको छ ।

प्रतिक्रिया