शुक्रबार, वैशाख २१, २०८१

अनलाईन मार्फत गरिएको विज्ञानपनको भुक्तानी गैरकानूनी

नेपालखोज २०७६ माघ १७ गते २१:२८

काठमाडौं । नेपाल राष्ट्र वैकले फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन गराउनका लागि विदेश पठाउने गरिएको रकम अवैधानिक भएको भन्दै गैरकानूनी कार्य नगर्न आग्रह गरेको छ । नेपाल राष्ट्र वैकले प्रेस विज्ञप्ति मार्फत सामाजिक सञ्जाल मार्फत विज्ञापन गरी अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी भएको राष्ट्र बैंकको भनाई छ ।

यस्तो कार्य गैरकानुनी भएको भन्दै कसैले यस्ता माध्यममा विज्ञापन गरेमा कारबाही गर्ने केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै जानकारी गराएको हो ।
यसबाट सरकारले प्राप्त गर्ने अरबौं रुपैयाँ राजस्वसमेत गुमेको अनुमान हुँदै आएको छ । यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले सटही सुविधा दिंदैन । यसर्थ, यो गैरकानुनी कार्य भएको राष्ट्र बैंकको भनाई छ । यसरी विज्ञापन गर्दा मुद्रा अपचलनको कारवाही समेत हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया