आइतबार, वैशाख १६, २०८१

खुल्यो डीभी, यसरी भर्नुस् !

नेपालखोज २०७८ असोज २१ गते ९:४४

काठमाडौं । सन् २०२३ का लागि डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुलेको छ । गए राति अर्थात असोज २० गते (अक्टोबर ७, २०२०) राति ९:४५ बजेदेखि खुलेको डीभी आवेदनको यो प्रक्रिया कात्तिक २३ गते (नोभेम्बर १०, २०२०) सम्म चल्नेछ ।

नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमा गएर यो विषयमा विस्तृत तथा आधिकारिक जानकारी लिन सकिने दूतावासले जनाएको छ । दूतावासले आवेदन दिँदा विशेष रुपमा पाँच कुरामा ध्यान दिनसमेत आग्रह गरेको छ । डीभीको आवेदन निःशुल्क भर्न सकिन्छ र अमेरिकी सरकारले व्यक्तिगत रुपमा भरिएका आवेदनलाई नै छनोटमा राख्दै आएको छ ।

यसको अर्थ रकम लिएर डीभी भरिदिने वा डीभी पारिदिन्छु भनेर अतिरिक्त रकम लिएर ठगी गर्ने प्रवृत्तिलाई दुरुत्साहित गर्नु हो ।

दूतावासले निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्न, आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्न, विगत ६ महिनाभित्र खिचिएको फोटो प्रयोग गर्न, वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्न र स्पोन्सरलगायत अनावश्यक कागजात तथा सेवाहरूका लागि शुल्क नतिर्न सुझाव दिएको छ ।

दूतावासले यो चिट्ठा भर्न आवश्यक परे परिवारका सदस्य, साथीभाइ वा जान्ने-बुझ्नेहरुसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन बारम्बार आग्रह गर्दै आएको छ ।

www.dvlottery.state.gov वेवसाइटमा गएर डीभीका लागि आवेदन गर्न सकिन्छ । निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ।

डीभी आवेदनमा प्रयोग गरिने तस्बिर ६ महिनायता खिचेको हुनुपर्छ भने पहिले डीभी भर्दा प्रयोग गरिएको तस्बिर संवत् अस्वीकृत हुन्छ । डीभी भर्दा प्रयोग गरिने तस्बिरमा चस्मा लगाएको हुनु हुँदैन ।

आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति अनिवार्य रुपमा समावेश गर्नुपर्छ । आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्छ । यद्यपि, छनोट भएका व्यक्तिलाई उनीहरू छानिएको जानकारी इमेलमार्फत पठाइँदैन । डीभी भरेपछि आफूलाई प्राप्त कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ ।
यो डीभीको परिणाम २०७८ वैशाख २५ गते www.dvlottery.state.gov मा हेर्न सकिन्छ ।

अमेरिकी दूतावासले जनाएअनुसार डीभीका लागि छानिँदैमा भिसा भिसा पाउने ग्यारेन्टी हुँदैन । भिसाका लागि अन्तर्वार्ता दिने क्रममा आवेदकमा आवश्यक योग्यता छ- छैन वा अमेरिकी आप्रवासी कानुनबमोजिम डीभीका लागि उ योग्य छ- छैन भन्ने कुराको निर्क्‍योल गर्छन् ।

प्रतिक्रिया