शनिबार, असार ३०, २०८१

आजको दिन शनिदेवको पुजा गर्नुस् विशेष लाभ मिल्छ, आजको तपाईको राशिफल यस्तो छ

नेपालखोज २०७६ माघ १८ गते ६:०२

आज शनिबार, आजको दिन भगवान शनिदेवको पुजा गर्दा शनिदोषबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । हरेक हप्ताको शनिबार शनिदेवलाई तेल दान फाइदा मिल्छ भन्ने धार्मिक शास्त्रमा उल्लेख छ ।

ज्योतिषका अनुसार, आजका दिन शनिदेवलाई खुशी पारेर आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सकिन्छ । आजका दिन वृश्चिक, धनु र मकर राशिमा पनि शनिको साढे सातको दशा रहने हुँदा यी राशि भएकाहरुले शनिदेवको पुजा गर्दा विशेष लाभ मिल्छ ।

आजका दिन शनिदेवका साथै पिपलको पनि विशेष पुजा गरिन्छ । आजको दिन कालो तिल दान गर्नु राम्रो मानिन्छ । छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ ।

आजको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । सकेसम्म कम बोल्नु तथा नै हितकर हुन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक यात्राको योगछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूले सापटी लगेको रकम फिर्ता गर्न गारोपर्ला, तर मतभेद भए पनि माया एवं समझदारी भने कायम रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ , तर व्यक्तिगत खुसीका लागि खर्च हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यात्रामा सावधानी अपनाउनु पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । परिवारको खुसीका लागि केही खर्च गर्नुपर्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

 

प्रतिक्रिया