सोमबार, वैशाख १७, २०८१

राशिअनुसार होलीको रङ

नेपालखोज २०७८ चैत ३ गते ९:२१

फागु वा होली भनिने पर्व रङको चाड मात्र होइन यो हर्ष र उल्लासको प्रतीक पनि हो । होलीका दिन हामी विभिन्न रङले होली खेल्नेछौं । ज्‍योत‍िषशास्‍त्र तथा वास्‍तुशास्‍त्रअनुसार राशिअनुसार रङ प्रयोग गर्न सके होलीको रङले हामीलाई थप फाइदा पुर्याउँछ । होली खेल्दा पनि राशिअनुसार रङ चयन गर्न सकिन्छ ।

मेष तथा वृश्चिक राशि : यी दुवै राशिका स्वामी मंगल हुन् र मंगलको रङ रातो हो । मंगल ऊर्जाको कारक ग्रह हो । त्यसैले यी दुवै राशि हुनेहरुले होलीका दिन रातो रङ प्रयोग गर्न सक्छन् । यी राशिलाई गुलाबी रङ पनि अनुकूल रहनेछ ।

वृष तथा तुला राशि : यी दुवै राशिका स्वामी शुक्र ग्रह हुन् । य‍ो रोमान्स तथा उत्साहको कारक ग्रह हो । शुक्रको रङ सेतो तथा गुलाबी हो । होलीमा सेत‍ो रङ प्रयोग हुन नसके पनि सिल्भर वा गुलाबी रंगले होली खेल्न सकिन्छ ।

मिथुन तथा कन्या राशि : यी राशिका स्वामी बुध ग्रह हुन् । बुध बुद्धि तथा वाणिज्यको कारक ग्रह हुन् । बुधको रङ हरियो हो । त्यसैले शुभ फल प्राप्ति एवं जीवनमा सुख-शान्तिका लागि यी दुई राशि हुनेहरुले हरियो रङले होली खेल्नु उपयुक्त हुन्छ ।

कर्कट राशि : यो राशिको स्वामी ग्रह चन्द्रमा हुन भने चन्द्रमाको रङ सेतो हो । त्यसैले कर्कट राशि हुनेहरुले सिल्भर वा गुलाबी रङले होली खेल्न सक्छन् ।

सिंह राशि : यो राशिका स्वामी ग्रह सूर्य हुन् । सूर्य ऊर्जाका कारक ग्रह हुन् । सूर्यको रङ सुन्तला ह‍ो, त्यसैले होलीमा सिंह राशि हुनेहरुले पहेंल‍ो तथा सुन्तले रङले होली खेल्नु फाइदाजनक हुन्छ ।

धनु तथा मीन : यी दुवै राशिका स्वामी वृहस्पति हुन् र ज्योतिष शास्त्रमा पहेँलो रंगलाई वृहस्पतिको रङ बताइएको छ । त्यसैले यी दुई राशि हुनेहरुले पहेँलो रङले होली खेल्नुपर्छ । यसले जीवनमा शुभता ल्याउनेछ ।

मकर तथा कुम्भ : यी राशिका स्वामी ग्रह शनि हुन् । शनिको रङ कालो तथा नीलो हो । शनिलाई प्रसन्न तुल्याउन तथा ग्रह दोषबाट छुटकारा पाउन नीलो रङले होली खेल्न सकिन्छ ।

प्रतिक्रिया